Logo

थाहा पाउनुहोस् आलु खानुका फाइदाबारे



Spread the love

आलु बहूउपयोगि कन्दमूल मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । आलुलाई सदाबहार तरकारीमै मात्र दर्जा प्राप्त छैन । यसमा विलक्षण औषधिय गुणसमेत छ । आलुलाई भिटामिन ‘सी’को महत्त्वपूर्ण श्रोत मानिन्छ र आधुनिक पोषण पद्धतिमा भिटामिन ‘सी’ लाई रोग निरोधक मानिएको छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, आलु खानुका फाइदाबारे l जसलाई तल उल्लिखित गरिएको छ l

  • आलुमा प्रशस्त स्टार्चको मात्रा हुने भएकाले यसले रगतमा इन्सुलिनको मात्रालाई कन्ट्रोल गर्नका साथै ब्लड सुगर हुने खतरा पनि घटाउने गर्दछ l
  • आलुमा भिटामिन, खनिज र एन्टि अक्सिडेन्ट लगायतका तत्त्व अधिक मात्रामा पाइन्छ । आलुमा पाइने एन्टि अक्सिडेन्टले क्यान्सर, मधुमेह, हृदय रोग लगायत पुराना रोगहरूमा समेत उपयोगी हुन्छ ।
  • नियमित आलुको गरेमा कब्जियत, पेट दुख्ने, ग्यास भरिने आदि जस्ता समस्याबाट छुटकारा पाउनका साथ साथै शरीर स्वस्थ रहन पनि मदत पुग्दछ l
  • यदि तपाईंमा रक्तचाप, प्रतिरोधात्मक शक्ति, पाचन प्रणाली लगायतका समस्या छन् भने आलुको सेवन निकै उपयोगी मानिन्छ । त्यसैले यसको सेवन गर्ने गर्नुहोस् l
  • स्वस्थ छालाका लागि पनि आलुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । आलुमा पाइने भिटामिन सीले ‘डार्क सर्कल’लाई हटाउनका साथै कार्बोहाइड्रेटले मांसपेशीलाई कसिलो बनाउन पनि मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्