Logo

यस्ता छन् फर्सी खानुका फाइदा



Spread the love
 

फर्सी तरकारीको एक प्रकार हो l यो प्राय जसो स्थानमा उत्पादन हुने गर्छ l अधिकांश जसो मानिसहरूले फर्सीको तरकारी खान रुचाउने गर्छन् l यसको प्रयोग तरकारी पकाउन तथा सलाद बनाउनका गरिन्छ l यसमा प्रशस्त मात्रामा भिटामिन ए, फलाम, फाइबर लगायत विभिन्न पौष्टिक तत्त्वहरू पाउन सकिन्छ । जसको सेवन गर्नाले मानिसहरू स्वास्थ्य स्वस्थ रहने गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, फर्सीको सेवन गर्दा हुने फाइदाबारे l

  • फर्सीमा प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले यसको नियमित सेवन गर्नाले आँखालाई तेजिलो बनाउने गर्छ l त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ l
  • यदि दिनहुँ जसो आफ्नो भोजनमा फर्सीको सेवन गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै विभिन्न रोगहरूबाट छुटकारा दिलाउन पनि मदत गर्दछ l
  • फर्सीको सेवन गर्नाले यसमा भएको भिटामिन सी ले छालामा भएको मृत तन्तुलाई जीवित बनाउनका साथ साथै छालालाई स्वस्थ बनाइ राख्न पनि मदत गर्दछ l
  • फर्सीमा पाइने फाइबरले क्यान्सर कोशिकाहरूलाई रोक्नमा मद्दत पुर्‍याउनका साथै यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ, पाचन प्रणाली स्वस्थ हुनु भनेको अधिकांश रोगबाट छुटकारा पाउनु पनि हो ।
  • यदि तपाईँ अनिन्द्राको सिकार हुनुहुन्छ भने पनि नियमित जसो फर्सीको सेवन गर्ने बानी बसाल्नुहोस् l जसको सेवन गर्नाले यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ l

प्रतिक्रिया दिनुहोस्