Logo

यसकारण खाने गरौँ अमला



Spread the love

अमला नेपालमा पाइने एक किसिमको रूख हो । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडीबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रूपमा राखिन्छ । अमलामा विभिन्न रोगहरू निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रूपमा अन्य औषधिको रूपमा, अचारको रूपमा वा अन्य कुनै रूपमा प्रयोग गर्न सकिन्छ । यसको स्वाद जतिनै स्वादिष्ट हुन्छ, त्यतिनै यसको सेवन गर्नाले स्वास्थ्यमा फाइदा पुग्ने गर्दछ l त्यसैले आउनुहोस् चर्चा गरौँ, अमला खादा स्वास्थ्यमा पुग्ने फाइदाबारे l

  • अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाइदा गर्छ ।
  • अमलामा पाइने एन्टिअक्सिडेन्टले कार्सिनोजेनिक सेल्सलाई बन्न रोक लगाउँछ जुन क्यान्सरबाट बचाउनका लागि फाइदाजनक मानिन्छ । त्यसैले यसको सेवन गर्नु उचित रहन्छ l
  • अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपनालाई कम गर्नका साथै यसको सेवनले अनिद्राको समस्यालाई पनि कम गर्छ l
  • अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ । साथै किड्नी सँग सम्बन्धित कुनै पनि रोगहरू लाग्न दिदैन् l
  • अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ ।
  • प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरू हुन पाउँदैन साथै ग्यास्ट्रिक पनि केही हदसम्म कन्ट्रोल हुन्छ ।
  • अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसँग सम्बन्धित रोगहरू लाग्न पाउदैनन ।

प्रतिक्रिया दिनुहोस्