Logo

फलको राजा आँपमा यतिका फाइदा



Spread the love

आँप गुलियो तथा अमिलो एक प्रकारको फल हो । यसको रूख अत्यन्त उपयोगी, दीर्घजीवी, सघन तथा विशाल हुन्छ । आँपको फल विश्व प्रसिद्ध, स्वादिष्ट र अत्यन्तै पौष्टिक फल हो त्यसैले यसलाई फलहरूको राजा पनि मानिन्छ । यसको स्वाद काँचोमा अमिलो र पाकेपछि गुलियो हुन्छ । यसलाई खादा जतिनै यसको स्वाद स्वादिलो हुन्छ, त्यतिनै यसले स्वास्थ्यमा पनि फाइदा गर्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, आँपको सेवन गर्दा स्वास्थ्य पुग्ने फाइदाबारे l जसलाई तल उल्लेख गरिएको छ l

  • आँपमा हुने फाइबर र भिटामिन सिको प्रचुर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
  • आँपको नियमित सेवनले पेटमा हुने कब्जियतएसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति मिल्छ l त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ l
  • आँपमा भरपूर मात्रामा भिटामिन भएको हुनाले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउनका लागि पनि मद्दत गर्दछ l जसकारण आँप खानु उचित रहन्छ l
  • रगतको मात्रा कम हुने मानिसहरूले पनि आँप खानु उपयुक्त हुन्छ, आँपले शरीरमा रगतको मात्रा बढाउँछ विशेष गरी गर्भवती महिलाहरूलाई यसले फाइदा पुर्‍याउँछ l
  • मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउँछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
  • आँपको सेवन गर्नाले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्नका साथै आँपले चाउरी रोक्न समेत मदत गर्दछ l

प्रतिक्रिया दिनुहोस्