Logo

मालिका माविको शैक्षिक महोत्सव सुरु, प्रदेश सांसद पन्थीद्वारा उद्घाटन



Spread the love

 

 

२७ असोज, गुल्मी – गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माध्यमिक विद्यालयको शैक्षिक तथा धार्मिक महोत्सव आज देखि सुरु भएको छ ।
मालिका माविलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनको लागि महायज्ञ को आयोजना गरिएको हो । महायज्ञको आज प्रदेश सांसद दिनेश पन्थीले एक भव्य समारोहका साथ उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै सांसद पन्थीले प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, जिल्ला समन्वय गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले महायज्ञ आँफैमा पवित्र कार्य रहेको बताएका थिए । उद्घाटन कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापा, पुर्व प्रधानाध्यापक चुरामणी शर्मा लगायतले आफ्ना भनाई  राखेका थिए भने मालिका माविका वर्तमान प्रधानाध्यापक हेमराज पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

अहिलेसम्म विभिन्न व्यक्ति तथा संघ सस्थाबाट करिब १५ लाख रकम जुटिसकेको र १ करोड ५० लाख आर्थिक रकम सङ्कलन गर्ने विद्यालयको लक्ष्य रहेको छ । स्मार्ट विद्यालय सञ्चालनको निम्ति आयोजना गरिएको महायज्ञ प्रति स्थानीय शिक्षा प्रेमी, समाजसेवी मात्र नभई विद्यार्थी समेत हर्षित छन् ।

कात्तिक ४ गते सम्म चल्ने महायज्ञमा विराट धनधान्य महापर्व , पितृ मुक्तिको पुजा, राष्ट्रिय कलाकारबाट भजन किर्तन झाँकी श्रीमद्भागवत कथा प्रवचन, योग आयुर्वेद प्रवचन , गाैदान, रुद्री पाठ,चौरासी पुजा, ब्रतन्ध जस्ता विविध कार्य गरिने आयोजकले बताएको छ ।

आज पहिले दिनको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीका बहादुर जिसिको अध्यक्षता र शिक्षक कृष्ण प्रसाद अर्यालको सञ्चालनमा सप्पन्न भएको थियो ।

मालिका गाउँपालिकाका कुनै पनि विधालयमा प्राविधिक शिक्षालय छैनन् भने प्राविधिक शिक्षा सञ्चालनको लागि यस भन्दा अघि कुनै धार्मिक महोत्सवको पनि आयोजना गरिएको थिएन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्