Logo

नदीले बगाउँदा एक किशोरीको मृत्यु



Spread the love

२६ असोज, प्युठान – प्यूठानको झिमरुक नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।

प्यूठान नगरपालिका– ७ टिकुरी बसपार्क नजिक झिमरुक नदीमा नुहाउने क्रममा सोमबार दिउँसो प्यूठान नगरपालिका– ८ दम्ती निवासी बाबुराम केसीको १८ वर्षीय छोरी सरिता केसीको मृत्यु भएको हो । केसी नुहाउने क्रममा नदीले बगाएर १०० मिटर तल पुर्याएको अवस्थामा स्थानीयले उद्धार गरी प्यूठान अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्