Logo

मर्निङ वाक गर्दा ध्यान दिनुहोस्, यी कुरा



Spread the love

मर्निङ वाक भन्नाले बिहान सबेरै उठेर बाहिर हिँडडुल गर्नु हो । जसले गर्दा शरीर फुर्तिलो हुनका साथ साथै स्वास्थ्य स्वस्थ पनि हुने गर्दछ l यो स्वस्थ जीवनका लागि एक आवश्यक व्यायाम पनि हो । जसलाई गर्दा स्वास्थ्य स्वस्थ रहनका साथ साथै विभिन्न रोगहरूबाट छुटकारा पनि पाइन्छ । तर मर्निङ वाक गर्ने भन्दैमा केही कुराहरूलाई भने वेवास्था गर्नु हुँदैन l त्यसैले आज हामी चर्चा गर्नेछौँ l मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने कुराहरूबारे l जसलाई जसलाई तल उल्लिखित गरिएको छ l

  • यदि तपाईँ मर्निङ वाक गर्नुहुन्छ भने कम्तीमा पनि आधाघन्टा हिँडडुल गर्ने बानी बसाल्नुपर्छ l हिँडेर थाकियो भने स्थिर भएर बस्न हुँदैन । बिस्तारै बिस्तारै बिसाएझैँ गरी निरन्तरता दिनुपर्छ ।
  • दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फरटेवल हुन आवश्यक छ । यदि मर्निङ वाक गर्ने क्रममा हल्का जुत्ताको प्रयोग गर्ने हो भने हिडन सजिलो हुन्छ l
  • यदि तपाईँ मर्निङ वाक गर्दै हुनुहुन्छ भने तपाईँले लगाएको कपडा निकै सहज हुने खालको लुज र हल्का हुनुपर्छ । कुन मौसममा मर्निङ वाक निस्किएको हो, सो मौसमअनुसार कपडा छनौट गर्नुपर्छ ।
  • दौडिनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सिनुहुँदैन । दौडिन सुरु गर्ने बित्तिकै स्पिड बढाउनु हुँदैन । दौडिन सुरु गरेको ५–७ मिनेटपछि मात्र गति बढाउनुपर्छ ।
  • तनावमा मर्निङ वाक गर्नुहुँदैन । नकारात्मक कुराले शरीरमा हानि गरिरहेको हुन्छ । त्यसै बेला विकृत वा असन्तुलित दिमाग लिएर हिँड्ने काम राम्रो होइन । त्यसैले मर्निङ वाक गर्दा सकारात्मक रहनुपर्छ l
  • दौडिने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडिने बेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अध्यास गर्दा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्