Logo

यसकारण खाने गरौँ, सुन्तला



Spread the love

सुन्तला एक किसिमको फल हो l जसको स्वाद अमिलो तथा गुलियो हुने गर्छ l यसको सेवन गर्नु अधिकांश जसो व्यक्तिहरू रुचाउने गर्छन् l किनकि यसको स्वाद जति स्वादिष्ट हुन्छ त्यतिनै यसको सेवन गर्नाले स्वास्थ्यमा पनि फाइदा पुग्ने गर्छ l दिनहुँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरू न्यून गर्न मद्दत मिल्छ । त्यसैले आउनुहोस् चर्चा गरौँ, सुन्तला खानुका फाइदाबारे l जसलाई तल उल्लेख गरिएको छ l

  • यदि तपाईँ कब्जियत जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ भने नियमित सुन्तला खाने गर्नुहोस् l जसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ
  • सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।
  • यदि तपाईँमा सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउनु हुन्छ भने यसले अनुहारमा चमक ल्याउने गर्छ l
  • मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्दछ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट्स मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ ।
  • सुन्तलामा पोलिफेनोल्सजस्ता तत्त्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्त्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् । त्यसैले यसको सेवन गर्नु उचित रहन्छ l
  • सुन्तलामा भिटामिन–ए पाइन्छ l जसले गर्दा आँखालाई तेजिलो बनाउनका साथ साथै रतन्धोजस्तो समस्याबाट पनि छुटकारा मिल्ने गर्दछ l

प्रतिक्रिया दिनुहोस्