Logo

नदीले बगाएर दुई जना बेपत्ता



Spread the love

२८ असोज, गुल्मी – खोला तर्ने क्रममा आज डुबेर बालिकासहित दुई जना बेपत्ता भएका छन् । मुसिकोट नगरपालिका–५ दोभानस्थित छल्दीमा खोला तर्ने क्रममा २१ वर्षीय जीवन विक र पाँच वर्षीया गरिमा विक बेपत्ता भएका हुन् ।

खोला तर्ने क्रममा डुबेका सात वर्षीय किसान विकको माछा मार्न गएका स्थानीयवासीले तत्काल उद्धार गरेका थिए । बेपत्ता दुवैको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्