Logo

अर्को हप्ता चार दिन सार्वजनिक विदा



Spread the love

अर्को हप्ता काठमाडौँ उपत्यकाका सरकारी कार्यालय तीन दिनमात्र खुल्ने भएका छन् । विभिन्न सार्वजनिक विदाका कारण सरकारी कर्मचारीले चार दिन विदा पाउने संयोग जुरेको छ।

  • हप्ताको पहिलो दिन आइतबार भदौ १८ गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इदुल जोहा) को अवसरमा विदा दिने निर्णय गृह मन्त्रालयले गरेको छ।
  • मंगलबार भदौ २० गते काठमाडौँ उपत्यकाका सरकारी कार्यालय बन्द हुनेछन्। उक्त दिन इन्द्रजात्रा परेकाले उपत्यकामा सरकारले सार्वजनिक विदा दिएको छ ।
  • भदौ २१ गते बुधबार सरकारी कार्यालय खुले पनि भदौ २२ गते बिहीबार भने निजामती कर्मचारी दिवसको अवसरमा सरकारी कार्यालय बन्द हुनेछन्।
  •  भदौ २४ गते शनिबार परेकाले साविकको झै सार्वजनिक विदा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्