Logo

पारस खड्काको कप्तानीमा नेपालले हालसम्म प्राप्त गरेका उपलब्धिहरु



Spread the love

२९ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन आईसीसीले फुकुवा गरेपछि खुशी भएका नेपाली क्रिकेटप्रेमीहरु भोलिपल्टै चिन्तामा परेका छन् । चिन्ताको कारण हो, राष्ट्रिय क्रिकेट टोलीका कप्तानी पद त्याग्ने पारस खड्काको अप्रत्याशित निर्णय ।

सन् २००४ मा मलेसियाविरुद्ध डेब्यू गरेका पारसले २००९ मा कप्तानको जिम्मेवारी पाएका थिए । विनोद दासपछि कप्तानको जिम्मेवारी सम्हालेका पारसले १० वर्ष नेपाली क्रिकेटको कप्तानी सम्हाले । १ वर्षिय पारसले नेपाललाई एकदिवसीय मान्यतासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । अभिभावक संस्था क्यान नभएको अवस्थामा विभिन्न बाधा अवरोधसँग जुझ्दै नेपालले गतवर्ष एकदिवसीय मान्यता पाएको थियो ।

केही साताअघिमात्र टि–ट्वान्टी क्रिकेटमा शतक बनाएका पारसले एकदिवसीय क्रिकेटमा पनि शतक बनाएका छन् । उनी नेपालका लागि टि–ट्वान्टी र एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी हुन् । पारसले २००२ मा पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए, जतिबेला उनले युएईमा यू–१५ प्रतियोगिता खेलेका थिए । २००५ मा उनी यू–१९ टोलीको उपकप्तान भएका थिए ।

पारसले २२ वर्षको उमेरमा नै कप्तानीको जिम्मेवारी पाएका थिए । पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन् ।

पारसले नेपालका लागि ६ एकदिवसीय खेल खेलेका छन् भने २७ टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । उनी नेपाली क्रिकेट टोलीका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी पनि हुन् । त्यस्तै उनले २ फर्स्ट क्लास, ४० लिस्ट ए र ५० टी–ट्वान्टी खेलेका छन् ।

यस्ता छन् पारसको कप्तानीमा भएका मुख्य उपलब्धि:

प्रतिक्रिया दिनुहोस्