Logo

यसरी सजिलै घरमै बनाउनुहोस् नली कबाब र मटन चप



Spread the love

चाडबाड भन्नसाथ साथीभाइ, आफन्तसँगको जमघट, खानपिन, रमाइलो न हो । चाडबाडको समयमा धेरैले मासुका परिकारसँग ‘एक्सपेरिमेन्ट’ पनि गर्छन् जुन कहिलेकाँही राम्रो र मिठो बन्छ तर कहिलेकाँही यतिसम्म बिग्रन्छ कि परिकार नै फाल्नुपर्ने स्थिती सृजना हुन्छ ।

जानुहोस् नली कबाब र मटन चप बनाउने विधि:

चाहिने सामग्रीः

अदुवा लसुनको पेस्ट, जिराको धुलो, नुन, बेसार, करी मसला, गरम मसला, मरिचको धुलो, रोग्नी मिर्च, तोरीको तेल, सादा दही, कस्तुरी मेथी, काटेको हरियो धनियाँ र खसीको नलीको भाग (आधा किलो)
बनाउने विधिः
खसीको नलीको भागमा एक चम्चा अदुवा लसुनको पेस्ट, तीन चम्चा दही, दुई चम्चा तेल, गरम मसला आधा चम्चा, जिराको धुलो दुई चम्चा, नुन एक चम्चा, मरिचको धुलो आधा चिया चम्चा, कस्तुरी मेथी आधा चिया चम्चा, बेसार एक चम्चा, बाजेको करी मसला एक चिया चम्चा, बाजेको रोग्नी मिर्च एक चिया चम्चा, बाजेको एक चिया चम्चा मिट मसला हालेर राम्रोसँग मोल्ने । मेरियनेट गरेर १५\ २० मिनेटसम्म यत्तिकै राख्ने ।त्यसपछि कसौँडी तताउने र चार चिया चम्चा तेल हाल्ने । मेरियनेट गरेको नलीलाई तातो तेलमा हाल्ने र त्यसलाई आधा लिटर तातो पानी राखिएको भाँडाले छोप्ने । पाँच पाँच मिनेटमा मासु चलाइरहने र प्रत्येक पटक चलाउँदा माथि छोपेको पानीलाई एक एक डाडु गरेर हाल्ने । यसरी यही प्रक्रियालाई आधा घण्टासम्म दोहोराएपछि नली कबाब तयार हुन्छ ।

मटन चप बनाउन चाहिने आवश्यक सामग्रीः
अदुवा लसुनको पेस्ट, जिराको धुलो, नुन, बेसार, करी मसला, गरम मसला, मरिचको धुलो, रोग्नी मिर्च, तोरीको तेल, सादा दही, कस्तुरी मेथी र काटेको हरियो धनियाँ

बनाउने विधिः
सबैभन्दा पहिले मासु मेरियनेट गर्ने । मेरियनेट गर्नका लागि आधा किलो मासुमा एक चिया चम्चा नुन, एक चिया चम्चा करी मसला, रोग्नी मिर्च आधा चिया चम्चा, मिट मसला एक चिया चम्चा, बेसार एक चिया चम्चा, मरिचको धुलो एक चिया चम्चा, जिराको धुलो एक चिया चम्चा, गरम मसला आधा चिया चम्चा, अदुवा लसुनको पेस्ट एक चिया चम्चा, तोरीको तेल दुई चम्चा र दही एक चिया चम्चा हालेर मज्जाले मोल्ने । पाँच मिनेट जति मोलेर यसलाई ग्रिल गर्ने । तेल तातेपछि मासुलाई मिलाएर राख्ने । मसिनो आँचमा यो पकाउने र पाँच मिनेट भएपछि फर्काउने । पाँच मिनेट भएपछि पुनः मासु फर्काउने र पाँच मिनेटका लागि छोपिदिने । त्यसपछि चलाउने र पुनः पाँच मिनेटका लागि छोड्ने । १० मिनेट भएपछि त्यसमा दुई चम्चा बटर हाल्ने । त्यसपछि पुनः मासु फर्काउने र पाँच मिनेट छोपेर पकाएपछि मटन चप तयार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्