Logo

राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासदेखि विमानस्थलसम्म हेलिकप्टरमा



Spread the love

२९ असोज, काठमाडौं । म्यानमार भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट विमानस्थलसम्म जान हेलिकप्टर चढेकी छन्।

कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै राष्ट्रपतिले हेलिकप्टर प्रयोग गरेको बताइएको छ। उनि सँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव म्यानमारका लागि जादैँछन्।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अक्टोबर २० सम्म उनी म्यान्मार भ्रमणमा रहनेछन् । त्यसपश्चात उनि जापानका राजा नाराहितोको गद्धी आरोहण कार्यक्रममा भाग लिन जापान जाने छन् ।

नारुहितोको गद्धी आरोहणको कार्यक्रम २२ तारिकका लागि तय भएको छ । राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्