Logo

कसरी पाउने ढाड दुख्ने समस्याबाट छुटकारा?



Spread the love

ढाड दुख्ने समस्या मानिसको मेरुदण्डमा रहेका मांसपेशी, नसा, हाड अथवा अन्य संरचनामा अनुभव गरिने समस्या हो । यद्यपि, कतै कतै पित्तथैली तथा पेन्क्रियाजको दुखाइलाई पनि ढाड दुखेको भन्ने गरेको पाइन्छ । ढाड दुख्ने समस्या प्रायजसो ढाडको तल्लो भागमा महसुस गरिन्छ । ढाड दुख्ने समस्या छोटो तथा लामो दुवै समयावधिको हुन सक्छ । यो समस्या लगातार वा बेलाबेलामा दोहोरिने, एकै स्थानमा रहिरहने वा अन्य स्थानमा सर्दै जाने हुन सक्छ । त्यसैले आज हामी चर्चा गर्नेछौँ l ढाड दुख्ने समस्याका कारण साथै यसबाट बच्ने उपायबारे l जसलाई तल दिइएको छ l

कारण :

  • रजस्वला बन्द भएपछि अधबैँसे महिलामा पनि ढाड दुख्ने समस्या देखिन्छ । त्यस्तै, ढल्कँदो उमेरमा शरीरभित्र हुने हर्मोनको परिवर्तन, पोषणमा कमी र शारीरिक गतिविधिले पनि ढाडको समस्या हुन्छ । यी कुराले हाडको क्याल्सियम र कडापना दिने पदार्थ गुम्न गई दुखाइ बढ्छ ।
  • कम्मरको हाडको पछाडिको भाग छुट्टिएको अवस्थामा पनि ढाडको दुखाइ हुन सक्छ । प्राय: गरी खेलाडी, गह्रौँ भारी उठाउनेहरूमा यस्तो समस्या हुन सक्छ । यो कारणले ढाडमा मात्र नभएर खुट्टासम्म पनि दुखाइ हुन सक्छ ।
  • ट्युमर भएको अवस्थामा पनि कम्मरको दुखाइ हुन्छ । ट्युमर दुई किसिमका हुन्छन्, हानि गर्ने र नगर्ने । हानि गर्ने चाँडो बढ्छ र दुखाउँछ । यसबाट उत्पन्न हुने कम्मरको दुखाइ लगातार भइरहन्छ ।
  • उमेर ढल्कँदै जाँदा कम्मरको हाडको जोर्नी र डिसबीचको प्रयोगले बाथका रूप लिन्छ, जसले दुखाउन थाल्छ । तर, यस्तो दुखाइ सबैलाई नहुन पनि सक्छ ।
  • कहिलेकाहीँ अगाडि निहुरिएको अवस्थामा एकापट्टि बढी निहुरिँदा अकस्मात झड्का पर्‍यो वा धेरै वजन उठायो भने डिस कुच्चिन गई उछिटिन्छ र दुख्छ ।

बच्ने उपाय :

  • धेरैको बानी ढाडलाई केही न केहीमा आड लगाएर अगाडि बङ्गाएर बस्ने बानी हुन्छ। यस्तो बानीले हाम्रो ढाड दुख्ने र बाङ्गिने हुन्छ। त्यसैले बस्दाखेरि ढाड सिधा गरेर बस्नुपर्छ।
  • कम्मर दुखाई हुन नदिन उचित आहार तथा जीवनशैली व्यवस्थित हुनुपर्छ । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ । जसले गर्दा यस्तो समस्याबाट छुटकारा मिल्दछ l
  • यदि तपाईँ ढाड दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने यात्रा गर्ने क्रममा कहिल्यै पनि एउटै पोजिसनमा बस्ने बानी नगर्नुहोस् l किनकि यस्तै पोजिसनमा बस्दा सो समस्या उत्पन्न हुने गर्दछ l
  • कहिल्यै पनि सामान उठाउने क्रममा अगाडिपट्टी धेरै निहुरिनु हुँदैन l यसो गर्नाले ढाडका लागि फाइदाजनक हुँदैन। त्यसैले यसरी सामान उठाउनु परेमा पहिले सिधा बस्ने अनि बल्ल सामान उठाउने गर्नुहोस् ।
  • के तपाईँ ढाड दुख्ने समस्याबाट हैरान हुनुहुन्छ? यदि हुनु हुन्छ भने धूम्रपान सेवन गर्ने बानी छ भने त्यसलाई तुरुन्तै त्याग गर्नुहोस् l जसले गर्दा सो समस्याबाट केही राहत मिल्ने गर्दछ l
  • शरीरमा क्याल्सियमको कमी भयो भने पनि ढाड दुख्छ। त्यसैले क्याल्सियम भएका खाने कुराहरू ( दूध र यसबाट बन्ने खानेकुरा) प्रशस्त खाने गर्नुपर्दछ l

प्रतिक्रिया दिनुहोस्