Logo

यसकारण खाने गरौँ, पिरो



Spread the love

अधिकांश जसो मानिसहरूले पिरो खान रुचाउने गर्छन् l जसले स्वादलाई निखार्ने गर्छ l तर प्राय जसोले भन्ने गर्छन् कि, पिरो खाएमा स्वास्थ्यमा हानी हुन्छ साथै विभिन्न रोगहरूको सिकार भइन्छ l तर, त्यो भ्रम मात्र हो l यदि पिरो खानसके खानाका साथ साथै स्वास्थ्यलाई पनि रोग मुक्त गराउँदछ l त्यसैले आउनुहोस् चर्चा गरौँ, पिरो खादा हुने स्वास्थ्यमा फाइदाबारे l जसलाई तल उल्लिखित गरिएको छ l

  • खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरीरलाई चिसो हुनबाट जोगाउँछ । चिसो पेट फुलेको वा डम्म भएको छ भने खुर्सानी राखेका तरकारीले शरीरलाई फाइदा गर्छ ।
  • महिलाहरूका लागि हरियो खुर्सानी उनीहरूको हतियार हुन सक्छ । यसमा भरपुर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।
  • पिरोको सेवन गर्नाले रगतमा चिनीको मात्रा घटाउँछ । पिसाबको बिरामी लाई लाभदायक छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुर्सानी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । साथै थकाइ पनि मेटाउँछ ।
  • पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउँछ । खुर्सानीले शरीरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउँछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउँछ ।
  • खुर्सानीले पाचन पक्रियालाई पनि सहयोग गर्छ । त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाइन्छ । त्यसैले यसको सेवन गर्नु फाइदाजनक हुन्छ l
  • यदि तपाईँ खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईँको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन जुन लागि निकै लाभदायक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्