Logo

काइँला काका….



काइँला काका…

काइँला काका घर नफर्केको पनि वर्षौँ भएछ । तसर्थ घर अँध्यारो भएको वर्षौँ भएछ । जुनकिरी हराएको घर फेरिएको छैन । घरको अनुहारमा चमक छैन । बार्दली रोइरहेको छ । पिँढी काइँला काकाको पर्खाइमा छ । आईते, मेरा काइँला काकाको छोरा । आईते छ वर्षको हुँदा उसकी बहिनी ‘रमा’ दुई वर्षकी थिई । आईते पाँच वर्षको हुँदा काइँला काकालाई जबर्जस्ती आन्दोलनमा लिए- दुई थान बन्दुक बोकेका टाउकोमा रातो रिबन बाँधेका पाँच/छ जनाको हुलले ।

जेठको टन्टलापुर घाम । खेतबारीमा गहुँ पाक्ने समय । किसानहरूलाई तिर्खा लाग्दा पानी पनि भन्न नपाइने समय । गैरी खेत । हजुरबाले तास हारेर बेचेको सुनिन्छ आजभोलि । पछि हजुरआमाले बाख्रा बेचेर फेरि किनेको खेत । दश मुरी गहुँ फल्ने खेत । दिनभरि गहुँ लोएर(काटेर) साँझको अँध्यारोमा पिठ्युँमा गहुँको भारी बोकेर घर फर्किएका थिएँ- काइँला काका र काकी । पल्लो घरमा आईते, आईतेकी बहिनी रमा अनि वल्लो घरमा म बसेका थियौँ । मेरा बा र आमा कामको खोजीमा भारत गइसकेका थिए । मेरो लालनपालन र शिक्षा काइँला काका र काकीको हातमा सुम्पिएर बाले गाउँ छोडेका हुन् ।

काइँला काकाले गहुँको भारी टाँण (पीढी )मा बिसाएका के मात्रै थिएँ । सानो सिकारीले बोक्ने जत्रो झोला बोकेका, बन्दुक भिरेका र टाउकोमा रातो रिबन बाँधेका एक हुल मान्छेको भिड पीढीमै आइपुग्यो । आँखै अगाडी काइँला काकालाई सुराकीको आरोपमा धकेली धकेली कुटेको देखियो ।


काइँला काकाले गहुँको भारी टाँण (पीढी )मा बिसाएका के मात्रै थिएँ । सानो सिकारीले बोक्ने जत्रो झोला बोकेका, बन्दुक भिरेका र टाउकोमा रातो रिबन बाँधेका एक हुल मान्छेको भिड पीढीमै आइपुग्यो । आँखै अगाडी काइँला काकालाई सुराकीको आरोपमा धकेली धकेली कुटेको देखियो । उसै त रात पर्दै थियो । त्यसै माथि काइँला काकालाई आन्दोलनमा लगेपछि मेरो, आईतेको, सानी बहिनी रमाको अनि काकीको जिन्दगीमा सामूहिक रात पर्‍यो । आज सम्म रातै परेको छ । आज सम्म बिहानी भएको छैन । न त काइँला काकाको ज्युँदो शरीर हामी सँग छ न त कुनै रैबार ( खबर) ।

काइँला काकाले घर छोड्नै लाग्दा काइँली काकीले भनेको याद छ । उहाँले भन्नुभएको थियो, “आईतेका बाको कुनै गल्ती आछिन (छैन) । दिसपुरी (दिनभरि) हामी दुई जनाले गहुँ लोयाऔ( गहुँ काट्यौँ )। न त ती काहीँ (कहीँ) दोकान गयाका छन्, न त काहीँ होटेल । उँथा काँ बाटी( अनि कहाँबाट) ती सुराकी हुँदा हुन् ? एक चोटिलाई छाडिदेऊ प्रभु ! मेरो आईतेका बुबालाई । आन्दोलनमा लिन्याई ( लिने नै) भया बरु मुलाई लैजाऊ । तीनलाई छाडिदेऊ (छोडिदेऊ) “।

“तँ धेरै नबोल । हेर्दा बोक्सी जस्ती छ । अझै लोग्नेकै तिर लाग्छेस् । सक्काईदिऊ ? आगो लगाईदिऊ तेरो घरमा ?” हुलको सबभन्दा मोटो मान्छे बोल्यो । आईते र म सानै थियौँ । केही बोलेनौ । त्यही दिन देखि हाम्रो जिन्दगीमा ठुलै म्याग्नीच्यूडको भुईँचालो गयो । अहिलेसम्म त्यसैको पराकम्प जारी छन्, गइरहेका छन् । काकीलाई घरमै छोडेर आईते र म ती मान्छेको पछाडि पछाडि कुद्यौँ । गाउँको प्रवेश द्वारमा गेट बनाएको थियो । त्यो गेट बनाउन लगाउने पनि तीनै आन्दोलनकारी हुन् भन्ने हल्ला सुनिन्थ्यो । त्यहीँ गेटमा काइँला काकालाई मज्जाले डोरीले बाँधेर पशु सरह पिटेको दृश्य देख्दा हृदय आधा भए जस्तो भयो । आँसुले आँखाको डिल छोडिसकेका थिए । आईतेलाई फर्केर हेर्दा उसको आँखामा महासागर देखिन्थ्यो । चट्टानबाट तप्प तप्प खसेका पानीका थोपा जस्तै खसिरहेका थिए- आईतेको आँखाबाट आँसु ।

आमाले छोडेर गएको बचेराको गुँड जस्तो भयो हाम्रो घर । सधैँ धपक्कै बलिरहने हाम्रो मैनबत्ती निभ्यो । हजारौँ माइल सम्म बास्ना दिइरहने हाम्रो फुल ओइलायो । उज्यालो दिनलाई बिदाइ गर्दै हाम्रो सूर्य अस्तायो । काकीको खुसीको इन्द्रेणी हरायो । त्यो दिन हामी खाना नखाएर अघायौँ । रातभर निदाए जस्तो नाटक गर्‍यौँ ।


त्यहाँबाट काइँला काकालाई अर्कै गाउँ जाने बाटो हुँदै लग्यो । अँध्यारो रात । हामीले आँखाले भ्याउने जति हेर्‍यौ । पछि हामी घर फर्कियौँ । यता घरमा रमा र काकी एक्ली थिइन । हामी आयौँ । म आईतेभन्दा तीन/चार वर्ष जेठो । करिब करिब बुझ्ने भइसकेको थिएँ । घरमा अब काकी, म, आईते र रमा मात्रै रह्यौँ । आमाले छोडेर गएको बचेराको गुँड जस्तो भयो हाम्रो घर । सधैँ धपक्कै बलिरहने हाम्रो मैनबत्ती निभ्यो । हजारौँ माइल सम्म बास्ना दिइरहने हाम्रो फुल ओइलायो । उज्यालो दिनलाई बिदाइ गर्दै हाम्रो सूर्य अस्तायो । काकीको खुसीको इन्द्रेणी हरायो । त्यो दिन हामी खाना नखाएर अघायौँ । रातभर निदाए जस्तो नाटक गर्‍यौँ ।

दिनहरू बित्दै गए । हाम्रा काइँला काकाको खबर आउनै छोड्यो । कसैको केही नलागेपछि काइँला काकाको पिडाको घाउ बिस्तारै सुक्दै गयो तर खाटो आज सम्म पनि छ ।

रमाले त बाको अनुहार सम्म राम्ररी देख्न पाइन । आजभोलि बुबाको मुख हेर्ने दिनमा नागरिकतामा टाँसिएको फोटो हेर्छे । आफ्नो काम गरिरहेको एक मजदुरलाई जब सुराकीको आरोप लगाएर कुट्दै कुट्दै लग्यो । हो, त्यही दिनबाट शुरु भयो- अन्धकार जिन्दगी । कहालीलाग्दो अँध्यारो यात्रा । थपिँदै गयो कलिलो काँधमा जिम्मेवारीको भारी । हाम्रो परिवारको मोटरको अगाडीको पाङ्ग्रो म भएको छु । पछाडिको पाङ्ग्रो आईते भएको छ र हाल सम्म गुडिरहेछ मोटर- काकीको सहयोगले । टाढैबाट भए पनि बा र आमाको सपोर्टले । अझै भनौँ बाध्यताको इन्जिनले । काम गरेर गल्याई लाग्याका तक ( थकाई लागेको बेला) उहिल (उहिले) काइँला काका भन्नुहुन्थ्यो, “कति काम हर्नु (गर्नु) ? जति काम हर्या पन (गरे पनि ) लास्टमा छातीमी बानीकन मणापोल्ना कोही लिन्या नाई । नाङ्गाई आयौँ र नाङ्गाई झान्या हौँ “। ( जति सुकै काम गरे पनि अन्तमा मसानघाटमा नाङ्गो जानुपर्छ । नाङ्गो आयौँ धर्तीमा र नाङ्गै जाने हो ।) त्यसैले हाम्रो यात्राको अन्तिम गन्तव्य पनि मसानघाट हो । सायद हाम्रा काका पनि त्यतै भेटिने हुन कि ?

आज म क्याम्पस पढ्छु । आईते प्लस टु पढिरहेको छ । रमा यो वर्ष दश क्लासको जाँच दिने हो । काकी अझै किसान हुनुहुन्छ । काकाले गर्ने सबै काम काकीले गर्नुहुन्छ । मेरा बा आमा भारतमै छन् । दिनभरि ज्याला मजदुर गरेर हाम्रो परिवार पाल्ने र हामीलाई पढाउने गरिदाख्नुभाछ तर काइँला काका….. । काइँला काकाको खबर अज्ञात छ । आजकाल म सुन्छु-रेडियोमा । मेरा काइँला काकालाई आन्दोलनमा लिने टोलीको प्रमुख कमान्डर यो देशको मन्त्री छ । उसको घर काठमाण्डौं तिर छ । उसका छोराछोरीहरू विदेशमा पढिराखेका छन् । मेरा काइँला काकालाई डोरीमा बाँधेर बाँसको लौरोले बजाउने पल्ला गाउँको गोरे मन्त्रीको पिए छ । त्यो पिए अनि आईते र ममा एउटै फरक छ । त्यो पिएले पार्टीको झोला बोक्छ । हामी जिम्मेवारीको झोला बोक्छौँ । उसले पार्टीको झन्डा बोक्छ । हामी देशको झन्डा बोक्छौँ । उसको घरमा “कुकुर देखि होसियार ! ” लेखिएको छ भने हाम्रो घरमा ” पाहुनालाई स्वागत छ ! ” लेखिएको छ । उसले कापीको पानामा हस्ताक्षर गर्छ, सही च्याप्छ । हामी लोडो, पडोमा ( सिलौटोमा) नुनको सही च्यापेर फापरको रोटी, कोदोको रोटीले ज्यान धान्छौँ । उसको घरमा राता किताबहरू, पुरानो खुकुरीको रातो दाप अझै भेटिन सक्छ । हाम्रो घरमा आईतेको र मेरो हरियो पासपोर्ट भेटिन्छ । त्यही पासपोर्ट भित्र देश बोकेर लानु छ- समुन्द्र पारी । काइँला काका घरमा नअटे पनि उहाँको प्रेम र स्नेह हाम्रो हरियो कलरको राहदानीमा अट्नेछ ।

हाम्रो घरमा आईतेको र मेरो हरियो पासपोर्ट भेटिन्छ । त्यही पासपोर्ट भित्र देश बोकेर लानु छ- समुन्द्र पारी । काइँला काका घरमा नअटे पनि उहाँको प्रेम र स्नेह हाम्रो हरियो कलरको राहदानीमा अट्नेछ ।


आँखै अगाडी काइँला काकालाई आन्दोलनमा लगेकै दिन देखि काकी नै मेरो काइँला काका हुन् । काकालाई लगेदेखि कैयौँ उस्तै सालहरू आए । कैयौँ उस्तै चाडबाड आए। कैयौँ पटक गैरी खेतमा गहुँ फल्यो । अहँ मेरा काइँला काका अझै आएनन्, अझै पर्केनन् । सायद काइँला काकाले घर फर्किने नक्सा भेटेनन् कि ! आज यहीँ सोचेर चित्त बुझाउँछौँ हामी । हाम्रो काकाको आन्दोलनले हाम्रो घरको अनुहारमा घाम नझुल्के पनि देशको अनुहारमा घाम झुल्किराखोस् । काकाको अपहरणले हाम्रो घर बत्ती मुनीको अँध्यारो भए पनि सबैको घरमा बत्ती पुगोस् । काकीले अझै अँधेरी रातमा पँधेरी खोलाको पानी बोक्नु परे पनि सबैको मुखमा शुद्ध पानी पुगोस् । आईतेले बा गुमाए पनि देशले बा नगुमाओस् । रमा र मैले घरमा काइँला काका नदेखे पनि देशमा शान्ति देख्न पाइयोस् । हाम्रो प्रेमको फुल ओइलिए पनि देशमा शान्तिको फुल फुलिराखोस् । तिहारमा हाम्री फुपूको मखमली फुलको बोट ढले पनि देशको आस्था र विश्वास नढलोस् । हाम्रा काइँला काका हराए पनि देशको अनुहार हेर्ने ऐना नहराओस् । देशको विकासको बाटो नहराओस् । आईते र मैले हरियो पासपोर्ट बोक्नु परे पनि देशमा सधैँ हरियाली होस् । हाम्रो जिन्दगी उजाड भइगए पनि देश उज्यालो होस् । हामी काइँला काका हराएको परिवारबाट या अझै भनौँ देश हराएका मान्छेहरूको तर्फबाट । यहीँ शुभकामना । देश हुनेहरूलाई !

हाम्री काकी गीदाङ्गी /गिदौड्या ( देउडा गीत भन्ने मान्छे ) पनि हुन् । आजकाल मेला, महोत्सव र पर्वमा काइँला काकाको वियोगमा यस्तो गीत भन्नुहुन्छ ।

“पल्ला गाउँ नेताका घर तस्बिर टाँस्याका छन्
भित्री मन रोयाको रोयै दन्त हाँस्याका छन् !

उति राम्रो माया जाल कैई धर्ती गयो हो
साई दुरै म पन दुरै, यसो क्या भयो हो !”

०००

लेखकबाट थप :

सम्झनामा हजुरबा

प्रतिक्रिया दिनुहोस्