Logo

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु



Spread the love

२९ असोज, इटहरी l इटहरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ l मृत्यु हुनेमा इटहरी १९ की ६१ बर्षीया काली माया राई रहेकी छन् l

इटहरीबाट धरान जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको को १ ख १९३० नम्बरको बसले ठक्कर दिँदा स्कुटरको पिछाडी सवार राईको मृत्यु भएको हो l

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ l स्कुटर चालक भने मृतकका पति जय बहादुर राई थिए l

प्रतिक्रिया दिनुहोस्