Logo

यसकारण नियमित नगरौं, एकै किसिमको भोजन !



Spread the love

हामीलाई थाहा छ, हाम्रो शरीरले जहिले पनि नयाँ स्वाद, आकार र बनावट खोजिरहेको हुन्छ । तर हामीले भने सधैँ एकै प्रकारको दाल, भात र तरकारी खाने गर्छौँ l चाहे बिहानको खानामा होस् या बेलुकाको खानामा ! तर हमेशा एकै किसिमको खाना खानु पनि स्वास्थ्य लागि उचित हुँदैन l त्यसैले हामीले सकेसम्म दैनिक फरक फरक खानेकुरा खाने बानी बसाल्नु राम्रो हुन्छ l यदि हामीले सधैँ एउटै किसिमको खाना खायौं भने यस्ता समस्या देखापर्ने हुन्छ l जसलाई तल उल्लिखित गरिएको छ l

  • यदि हामीले दैनिक खाने खानामा भिन्नभिन्न पौष्टिक तत्त्वको प्रयोग गरेनौँ भने हाम्रो तौल घट्न पनि सक्छ । तौल धेरै भएर समस्या भएकाहरूले जतिसुकै प्रयास गरे पनि खानामा ध्यान दिने र दैनिक फरक फरक पौष्टिक आहार नखाने हो भने यसले कम गतिमा वजन घटाउने काम गर्दछ ।
  • यदि नियमित हामीले एकै किसिमको खाना खायौं भने कलेजो सम्बन्धी समस्या देखा पार्नका साथै स्वास्थ्यमा पनि समस्या आउने गर्छ । जसकारण फरक फरक खाना खाने बानी गर्नुपर्दछ l
  • हाम्रो शरीरलाई स्वच्छ राख्नको लागि शरीरमा सबै किसिमका पोषक तत्त्वहरूको आवश्यक पर्दछ । दैनिक सन्तुलित आहारको लागि फरक किसिमको स्वाद र परिकार भने आवश्यक हुन्छ । हामीलाई चाहिने सबै किसिमका पौष्टिकहरू हाम्रो खाना र फलफुलबाट नै पाउने गरिन्छ ।
  • यदि हामीले मात्र एकै किसिमको खाना खाने बानी गरौँ भने यसले शरीरमा कुपोषण र दुब्लोपनको समस्या देखा पर्दछ l त्यसैले समय अनुसार फरक फरक खानेकुरा खानु उचित रहन्छ l
  • के तपाईँ सधैँ एकै किसिमको खाना खानु हुन्छ? यदि हुन्छ भने थाहा पाउनुहोस् कि तपाइको पेटमा समस्या उत्पन्न हुदैंछ । किनकि हमेशा एकै किसिमको खाना खादा पेटमा रोग विरुद्ध लड्ने क्षमताको बिस्तारै कमी हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्