Logo

प्रहरी कार्यालय अगाडि नै खुकुरी प्रहार



Spread the love

१५ भदौ, धादिङ- धादिङको जिल्ला प्रहरी कार्यालय अगाडि नै एक विद्यार्थी माथी खुकुरी प्रहार भएको छ ।जिप्रको कार्यालय अगाडि रहेको नीलकण्ठ क्याम्पसमा कक्षा १२ मा अध्यायनरत सुमन तामाङ माथी बिहीबार क्याम्पस गेटमै खुकुरी प्रहार भएको हो ।

तामाङलाई धादिङ अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए ।तामाङलाई उनका साथी स्यान्जेन तामाङले खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ। घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्