Logo

सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना



Spread the love

२९ असोज, तनहुँ – व्यास नगरपालिका–२ का एक व्यक्तिले जिल्लाकै नमूना सामुदायिक विद्यालयमा रु दुई लाखको अक्षयकोष स्थापना गरेका छन् । उक्त वडाका राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षय कोषको रकम श्रेष्ठले छोरा शान्तकुमारको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गरेका छन् । चौरासी वर्ष उमेर पूरा गरेका अवसरमा सामाजिक क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित विद्यालयमा अक्षयकोष स्थापना गरेको श्रेष्ठले बताए ।

विद्यालयका प्रधानाध्यापक पौडेलले अक्षय कोषबाट प्राप्त हुने व्याजबाट विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए । उक्त रकम शुभश्री बचत तथा ऋण सहकारी संस्थामा मुद्दती खाता शुरु गरिएको र वार्षिकरुपमा प्राप्त हुने व्याजबाट छात्रवृत्ति प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्