Logo

लियोनल मेस्सीलाई छैटौं पटक गोल्डेन बुट



Spread the love

३० असोज, काठमाडौं । छैटौं पटक लियोनल मेस्सीले गोल्डेन बुट हात पारेका छन् । युरोपको शीर्ष डिभिजनको लिगमा गत सिजन सर्वाधिक गोल गरेकाले मेस्सीले गोल्डेन बुट हात पारेका हुन् । उनले २०१८/१९ को सिजनमा ३६ गोल गरेका थिए ।

फुटबलको इतिहासमा ६ पटक गोल्डेन बुट प्राप्त गर्ने मेस्सी पहिलो खेलाडी हुन् । उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो । मेस्सीको प्रतिद्धन्दि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ४ पटक गोल्डेन बुट जितेका छन् । उनले अवार्ड जित्ने क्रममा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पेलाई पछि पारे । एमबाप्पेले ३३ गोल गरेका थिए ।

उनि गोल्डेन बुट लिनका लागि श्रीमति एन्टोनेला रोकुवा तथा छोराहरु थिएगो र माटेउका साथ स्टेजमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्