Logo

टि टेनमा सन्दीप ४५ हजार अमेरिकी डलरमा अनुबन्धित



Spread the love

३० असोज, काठमाडौं । यूएईमा हुने टि टेन लिग मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने महँगो मुल्यमा अनुबन्धित भएका छन् । लेग स्पिनर सन्दीपलाई टि टेन को फ्रेन्चाइज टोली कर्नाटक टस्कर्सले क्याटगरी ‘ए’ मा टोलीमा भित्र्याएको छ ।

टि टेन नोभेम्बर १५ देखी २४ सम्म युएईमा चल्ने छ । सन्दीपले गत वर्ष टि टेन लिग केराला नाइट्सबाट खेलेका थिए । कर्नाटक टस्कर्समा आइकन खेलाडीको रुपमा दक्षिण अफ्रिका पूर्वओपनर हसिम हमला छन् । प्रशिक्षक भने टम मुडी छन् । टि टेन को क्याटगरी ‘ए’ मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्