Logo

नवनिर्वाचित क्यानका अध्यक्ष चन्द भन्छन् , ‘पारसको राजिनामा क्यानमा आएको छैन’



Spread the love

३० असोज, काठमाडौं । पारस खड्काले सामाजिक सञ्जालमार्फत राष्ट्रिय क्रिकेट टोलीको कप्तान पद छाडेको घोषणा मंगलबार गरेका थिए । तर, उनले नेपाल क्रिकेट संघलाई आधिकारिक जानकारी दिइ नसकेको बताइएको छ ।

पदाधिकारीहरुले पनि पारसले राजीनामा दिएको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् । नवनिर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द भन्छन् ,‘ राजिनामाको विषयमा अहिले भन्न सकिने अवस्था छैन । जहाँ सम्म लाग्छ छाड्ने निर्णयमा पुग्नुको पछाडि व्यक्तिगत कारण हुन सक्छ । राजिनामा पत्र आइनसकेकोले अहिले धेरै प्रतिक्रिया उपयुक्त हुन्न । ’

आइसिसीले क्यानमाथि लगाएको झन्डै साढे तीन वर्ष लामो निलम्बन फुकुवा भएकै भोली पल्ट पारसले राजीनामा दिने घोषणाले धेरैलाई आश्चार्यमा पारेको थियो ।

नेपाली क्रिकेट इतिहासमा सर्वाधिक सफल खेलाडी मानिने पारसको कप्तान छोड्ने निर्णयले सबै आश्चर्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्