Logo

जापानको आँधीमा परी ६३ जनाको मृत्यु



Spread the love

३० असोज, काठमाडौं । जापानमा आँधीपछि साताब्यापी बाढीमा परेर ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । ११ जना थपको मृत्यु भएको अनुमान गरिएको छ ।

जापानको मन्त्रीपरिषद्का मुख्यसचिव योशिहिदे सुगाका अनुसार मध्य तथा उत्तरी जापानमा गएको टाइफुनमा २०० जना घाइते भएकोमा ३० जना सिकिस्त छन् । मुख्यसचिव योशिहिदेले आँधीमा उद्धार गरिएकाहरुको खाना र बसोबासका लागि ६५ लाख अमेरिकी डलरको थप व्यवस्था गरिएको बताएका छन् ।

‘हैबिस’ नाम दिइएको उक्त ‘टाइफुन’ गत् शनिबार मध्य तथा उत्तरी जापानमा जाँदा भारी वर्षाले २०० नदीको जलस्तर बढेर हजारौं घर परिवार डुबान र विस्थापित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्