Logo

द हन्ड्रेडमा सन्दीप लामिछाने १ लाख पाउण्डमा अनुबन्धित



Spread the love

३० असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता पनि खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फोनिक्समा अनुबन्धित भएका हुन् ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने यस प्रतियाेगिताका लागि सन्दीपले करिब एक करोड ४६ लाख नेपाली रुपैयाँ पाउने छन् । याे सन्दीपकाे हालसम्मकै उच्च मूल्य पनि हाे ।

प्रतिक्रिया दिनुहोस्