Logo

दाङबाट विप्लवका २१ जना कार्यकर्ता पक्राउ



Spread the love

३० असोज, दाङ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को जंगलमा पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिएका छन् ।

प्रहरी टोलीले बिहीबार राति १ बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव समूहका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको नेकपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्