Logo

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजधानी नेपितमा



Spread the love
 

३० असोज, काठमाडौं । म्यानमाको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज भेटवार्तामा व्यस्त हुने भएकी छन् ।राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ।

राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीले पनि सोही हाउसमा भेट गर्ने छन् । सोही दिन म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्मारका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्ने छिन्। त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ। यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्