Logo

दाङबाट विप्लवका दाजु चन्द्रबहादुर पक्राउ



Spread the love

३० असोज, काठमाडौं । नेपाल प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएकाे छ। पक्राउ पर्ने विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमाण्डर चन्द्रबहादुर चन्द पनि रहेको खुलासा भएको हो ।

विप्लव नेकपाको बैठक भइरहेको सूचनाका आधारमा प्रहरीको टोलीले बिहीबार बिहान १ बजे उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पक्राउ पर्नेमा विप्लव नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुवास बाठा, मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंग चन्द, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, दाङका एक अधिकृतले पक्राउ पर्नेमा चन्द्रबहादुर पनि रहेको पुष्टि गरेका छन् । उनी पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु हुन् ।

प्रतिक्रिया दिनुहोस्