Logo

युएईका कप्तानसहित ३ खेलाडी निलम्बन



Spread the love

३० असोज, काठमाडौं । विश्वकप छनोटअघि युएईका कप्तानसहित ३ खेलाडी निलम्बनमा परेका छन्। आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो ।

आईसीसीले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो । आइसिसी टी–२० विश्वकप छनोटअघि महत्वपूर्ण तीन खेलाडी निलम्बनमा पर्दा युएईलाई झड्का लागेको छ। युएईले शुक्रबार छनोटमा ओमानसँग खेल्दैछ।

प्रतिक्रिया दिनुहोस्