Logo

लिभरपुलविरुद्धको खेल पोग्वा र गेयाले गुमाउने



Spread the love

३० असोज, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्वा र गोलरक्षक डेभिड डि गेयाले लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन् । युनाइटेडले आइतबार राति घरेलु मैदानमा प्रिमियर लिगमा शीर्षस्थानमा रहेको लिभरपुलको सामना गर्दैछ ।

पोग्वा एंकल इन्ज्युरीका कारण तथा गेयाले युरोकप छनोट अन्तरगत स्वीडेनविरुद्धको खेलमा मसल्समा चोट बोकेका थिए । दुवै खेलाडी टोलीमा नरहने पक्का भएसँगै म्यानचेस्टर युनाइटेडलाई समस्या हुन सक्नेछ ।

शीर्ष स्थानमा रहेको लिभरपुलको आठ खेलमा अपराजित रहँदै २४ अंक छ । यता, म्यान्चेस्टर युनाइटेड भने लिगको १२ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्