Logo

किन गर्ने मुलाको सेवन?



Spread the love

मूला भूमीको भित्र पैदा हुने तरकारी हो । यो एक रूपान्तिरत प्रधान जरा हो जुन बिचमा मोटो र टाउकोहरू तिर क्रमशः पातलो हुन्छ। मूलाका अनेक प्रजातिहरू छन् जुन आकार, रङ्ग एवं पैदा हुन लाग्ने समयको आधारमा फरक-फरक हुन्छन् । प्रायः मुलालाई सामान्य तरकारीका रूपमा लिए तापनि यो औषधीय गुणले समेत भरिपूर्ण हुन्छ । यदि मुलाको सेवन नियमित जसो गर्ने हो भने यसले विभिन्न समस्याबाट छुटकारा दिलाउनका साथै स्वास्थ्यलाई पनि स्वस्थ बनाई राख्न मदत पनि गर्दछ l त्यसैले आज हामी चर्चा गर्नेछौँ l मुलाको सेवन गर्दा स्वास्थ्य हुने फाइदाबारे l

  • मुलामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ l जसले गर्दा शरीरका कोषको डिएनए नष्ट हुनबाट बचाउनका साथै, पेट र आन्द्रामा हुने क्यान्सरको जोखिम पनि कम हुन्छ ।
  • यदि तपाईँ मुलाको सेवन गर्नु हुन्छ भने, शरीरमा हुने सबै प्रकारका विषालु तत्त्वहरूलाई बाहिर निकाल्दछ, जसको परिणामस्वरूप तपाईँको स्किन सफा हुन थाल्दछ ।
  • मुलामा ज्यादै कम मात्रामा क्यालोरी र फाइबर पाइने भएकाले तौल नियन्त्रण गर्न सहयोग पुर्‍याउनका साथै उच्च रक्तचापबाट बच्न खानपानमा विशेष ध्यान दिनुपर्छ ।
  • मुलाको नियमित सेवनले इन्सुलिनको मात्रालाई नियन्त्रण गर्छ । यसले शरीरमा चिनीको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेह रोगीका लागि समेत यो फाइदाजनक हुन्छ ।
  • गर्मीको प्रभाव देखि खट्टी डकारहरू आउँछ भने एक कप मूलाको रसमा मिश्री मिसाएर पिउने गर्नुहोस् l जसले गर्दा सो समस्याबाट छुटकारा मिल्ने गर्दछ l
  • यदि तपाईँलाई कुनै किराको टोकेको छ भने त्यस बखतमा मुलाको सेवन गर्नुहोस् l जसको सेवन गर्नाले इन्फेक्शन बढ्न दिँदैन साथै इन्फेक्शनबाट पनि बचाउने गर्दछ l

प्रतिक्रिया दिनुहोस्