Logo

कसरी भगाउने कब्जियत?



Spread the love

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो । दैनिक एक पटक पनि कोमल दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ । विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाइसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो । भोजन, व्यायाम, विश्राम र भावनात्मक रूपमा असन्तुलित जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोकभन्दा ज्यादा खाने गरिष्ठ भोजनहरू, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जंकफूड र संरक्षित खाद्यान्न प्रायः जसो खाइरहने, सागसब्जी सलादजस्ता खस्रा मोटा, रेसा र चोकर युक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रबल सम्भावना रहन्छ । व्यस्त र भाग दौडले भरिएको, तनावपूर्ण जीवन जिउनेहरू, श्रमपछि विश्राम नगर्नेहरू, भय, चिन्ता, शोक र उदासीनताका कारणले पनि कब्जियत देखिएको छ । त्यसैले आज हामी चर्चा गर्नेछौँ l कब्जियतबाट कसरी पाउने छुटकाराबारे l जसलाई तल दिइएको छ l

नासपाती :
के तपाईँ कब्जियत जस्ता समस्याबाट ग्रसित हुनुहुन्छ? यदि हुनुहुन्छ भने नासपातीको सेवन गर्ने गर्नुहोस् । जसको सेवन गर्नाले उक्त समस्याबाट छुटकारा पाउन सकिनेछ l

सुन्तला :
यदि तपाईँ कब्जियत जस्ता समस्याबाट पीडित हुनुहुन्छ भने नियमित जसो सुन्तलाको सेवन गर्ने गर्नुहोस् । जसकारण यस्तो समस्याबाट मुक्ति पाइन्छ ।

कागती :
आधा कागती, एक कप तातो पानी, एक चम्चा मह, आधी चम्चा जिराको धूलो आदि मिसाएर खाने गरेमा पनि कब्जियत जस्ता समस्याबाट राहत मिल्ने गर्दछ ।

स्याउ :
यदि नियमित जसो स्याउको सेवन गर्ने हो भने कब्जियत जस्ता समस्याबाट छुटकारा पाउनका साथ साथै स्वास्थ्य पनि स्वाथ रहने गर्छ l
त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ l

सुक्खा जामुन :
६ वटा सुक्खा जामुन, आधा चम्चा मह, आधा चम्चा जिराको धूलो र एक कप तातो पानी जम्मा गरी पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाएर त्यसलाई पिउँदा कब्जियत जस्ता समस्याबाट मुक्ति मिल्नेछ l

 

 

प्रतिक्रिया दिनुहोस्