Logo

भक्तपुरमा गाडीको ठक्करबाट एक बृदाको मृत्यु



Spread the love

३० असोज, काठमाडौँ । भक्तपुरमा गाडीको ठक्करबाट एक बृदाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थिमि नगरपालिका-४ एसएस चोक बस्दै आएकी ७६ वर्षीय लक्ष्मी देवी भट्टराई रहेकी छन् ।

आज बिहान एसएस चोकस्थित काठमाडौँतर्फ आउँदै गरेको बा१४च १६८६ नम्बरको गाडी (बोलेरो)ले पैदल यात्रु भट्टराईलाई ठक्कर दिएको हो l

उक्त गाडीको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याएता पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ l

गाडी चालक विनोद घिमिरेलाई भने महानगरीय प्रहरी वृत्त थिमीले नियन्त्रणमा लिएको छ l

प्रतिक्रिया दिनुहोस्