Logo

मधुमेहबाट बच्नका लागि अपनाउनुहोस्, यी उपाय



Spread the love

मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह भनिन्छ l रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ । त्यसैले आज हामी चर्चा गर्नेछौँ l कसरी पाउने मधुमेह जस्ता समस्याबाट छुटकारा?

  • मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ ।
  • शारीरिक रूपमा सक्रिय रहने । जस्तैः हरेक दिन कम्तीमा ४५ मिनेट जति हल्का पसिना आउने गरी हिँड्ने वा योगा गर्ने । कुनै न कुनै रूपमा शारीरिक श्रममा सक्रिय भए पनि हुन्छ ।
  • मधुमेहबाट बच्नका लागि रगतमा चिनी, ग्लुकोजको परिमाण ठिक मात्रामा राख्नु पर्छ । जसबाट तपाईँले यस समस्या मधुमेहबाट छुटकारा पाउन सक्नु हुन्छ l
  • रेस्टुरेन्ट, होटेलमा खाना खाँदा विशेषतः कम चिल्लो भएको खाद्य परिकारको छनोटको साथै परिमाणमा पनि ध्यान दिनु जरुरी छ l
  • मधुमेहका रोगीहरूलाई झाडापखाला लागेर पुनर्जलीय उपचार गर्नुपरेमा ग्लुकोज रहित आइभी फ्लुड वा अन्य पुनर्जलीय झोल खान दिनु वेश हुन्छ ।
  • यदि तपाईँ मधुमेह पीडित हुनुहुन्छ र धुम्रपान र मद्यपानको सेवन गर्नुहुन्छ भने उक्त बानीलाई त्यागी हाल्नु आवश्यक पर्दछ । जसले गर्दा उक्त समस्याबाट छुटकारा मिल्दछ l

प्रतिक्रिया दिनुहोस्