Logo

बिहान ढिलासम्म सुत्नेलाई सताउन सक्छ यस्ता रोगहरुले



Spread the love

केही मानिसहरुको बानी नै हुन्छ रात भरि जागाराम बसेर बिहान ढिलासम्म सुत्ने । रातिको समयमा ढिलासम्म नसुती बस्ने बानि छ भने तत्कालै यस्तो बानीलाई हटाउनु पर्छ । एक अध्ययनको अनुसार बिहान अबेरसम्म सुत्ने व्यक्ति मस्तिष्क रोगबाट गम्भीर रुपमा ग्रसित हुने कुरा पुष्टि गरेको छ । जसलाई डिमेन्सिया भनिन्छ । डिमेन्सिया एउटा मानसिक रोग हो जसमा दिमागसँग जोडिएका कयौं समस्याहरु हुने गर्दछन् ।

डिमेन्सियाको लक्षण
यसबाट पीडित मानिसले कुनैपनि चिजलाई छिट्टै भुल्ने गर्छन् । कुनैपनि काममा ध्यान नजानु, दैनिक गरिने काममा पनि पटक-पटक गल्ती गर्नु, हर समय गुपचुप रहनु, उदास रहनु या डिप्रेशनको जस्तो लक्षण देखिनु डिमेन्सियाको लक्षण हुन् ।

मानिसमा स्मरण शक्ति नै नष्ट हुने खतरा हुन्छ

यो एक न्यूरोलोजिकल समस्या हो । जसको कुनै उपचार नै छैन । यो रोगबाट बच्ने एकमात्रै बाटो भनेको समयमा नै जरुरी सावधानी अपनाउनु नै हो ।

९ घण्टाभन्दा धेरै र ६ घण्टाभन्दा कम सुत्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ
यसको समस्या धेरैजसो ५० वर्षभन्दा बढी उमेरका मानिसहरुमा देखा पर्दछ । तर, अध्ययनको अनुसार यदि तपाईंहरु बिहान ढिलासम्म सुत्नुहुन्छ भने तपाईंलाई ५० वर्षभन्दा कम उमेरमा पनि यो रोग लाग्नसक्छ । बढी सुत्ने मात्रै होइन, ६ घण्टाभन्दा कम सुत्नेहरुमा पनि यो समस्या देखिन सक्छ। विश्वव्यापी मान्यताअनुसार युवावस्थामा दैनिक ७ देखि ८ घण्टा सुत्नु आवश्यक मानिन्छ ।

धेरै सुत्नु किन हुन्छ खतरनाक हुन सक्छ ?

धेरै सुत्दा कयौं प्रकारको हर्माेनहरुको स्रावमा असन्तुलन पैदा हुन्छ, जुन मानसिक रोगको कारण बन्न पुग्छ । सुत्नेहरुले पनि गहिरो निद्रा नलिने र जरुरतभन्दा कम सुत्नेहरुमा कोग्नीटिभ -दिमागसम्बन्धी समस्याहरुको खतरा ज्यादा भएको देखिएको छ । लामो समयसम्म शरीरमा गहिरो निद्रा परेन भने तुरुन्त चिकित्सकहरुसँग यसको समस्याको बारेमा परामर्श गरिहाल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्