Logo

रसुवागढी नाकाबाट प्याज आयात बढ्दो



Spread the love

१ कात्तिक, काठमाडौं । भारतले प्याज आयातमा रोक लगाएसंगै रसुवागढी नाकाबाट प्याज आयात बढेको छ। असोज महिना भित्रमा रसुवागढी नाकाबाट २ लाख ३८ हजार ५ सय ८० किलो प्याज आयात भएको थियो ।

गत आर्थिक वर्षमा यो नाकाबाट प्याज आयात शून्य थियो। भारतले प्याज आयातमा रोक लगाएपछि व्यापारीले चीनबाट आयात गर्न थालेका हुन् ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले चालु आर्थिक वर्षमा पहिलो पटक यो नाकाबाट यति धेरै प्याज आयात भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्