Logo

डिसेम्वरसम्मका लागि एल क्लासिको स्थगित



Spread the love

१ कात्तिक, काठमाडौं । दि रोयल स्पेनिस फुटबल फेडेरेसनले सिजनको पहिलो ‘एल क्लासिको’ स्थगित गरेको छ । पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय थियो । एल क्लासिकोको मिति परिर्वतनबारे आउँदो सोमबारसम्म कुर्नुपर्ने भएको हो ।

डिसेम्वर ८ मा बार्सिलोनाले मलोर्कासँग खेल्ने तालिका रहेको छ । रियालले सोही समयमा इस्पान्योलसँग खेल्ने छ । यही मितिमा एल क्लासिको भए र त्यसको दुई दिनपछि रियालले बेल्जियन क्लब ब्रगको भ्रमण गर्नेछ । इर्निस्टो भाल्भेर्डेको बार्सिलोनाले इन्टर मिलानको भ्रमण गर्नेछ । डिसेम्वर ७ मा हुन नसके १८ डिसेम्वरलाई पनि विकल्पको रुपमा अघि सारिएको छ ।

एल क्लासिको सार्ने स्पेनिस ला लिगाको प्रस्तावलाई स्पेनिस महारथी रियाल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले अस्वीकार गरेको थियो ।

एल क्लासिको स्थगित हुनुको मुख्य कारण राजनीतिक प्रदर्शन रहेको छ। केही समयअघि स्पेनिस अदालतले क्याटलानका तत्कालीन उपराष्ट्रपति, सभामुखसहित ९ जना नेतालाई १३ वर्ष कैदको फैसला सुनाएको थियो। त्यसयता क्याटलान सहरमा प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्