Logo

ट्वान्टी ट्वान्टी सिरिजका लागि बंगालदेशको टोली घोषणा



Spread the love

१ कात्तिक, काठमाडौं । भारतविरुद्ध हुने तीन खेलको ट्वान्टी ट्वान्टी क्रिकेट सिरिजका लागि बंगालदेशको टिम घोषणा गरिएको छ । लेफ्ट आर्म स्पिनर अराफात सनी र तीव्र गतिका बलर अल अमीन टोलीमा पर्दा रुबेल हुसेन भने टोलीमा अटाएका छैनन् ।

ट्वान्टी ट्वान्टीमा शाकिब अल हसनले कप्तानी गर्नेछन् । बंगलादेश टिमका मुख्य चयनकर्ता मिन्हाजुल अबेदीनले अल अमीन अहिले उत्कृष्ट लयमा रहेकाले टिममा राखिएको बताए । भारत र बंगलादेशबीचको टी २० नोभेम्बर ३ तारिखदेखि सुरु हुनेछ । त्यसपश्चात टेस्ट सिरिज सुरु हुने छ ।

बंगलादेश टोलि

शाकिब अल हसन (कप्तान), तमीम इकबाल, मोहम्मद नईम, मुशफिकुर रहीम, महमदुल्लाह, अफीफ हुसैन, अमीनुल इस्लाम, अराफात सनी, लिटन दास, सौम्य सरकार, मोहम्मद सैफुद्दीन, अल अमीन हुसैन, मुस्तफिजुर रहमान, मोसाद्दक हुसैन र शफीउल इस्लाम ।

प्रतिक्रिया दिनुहोस्