Logo

प्रचण्ड भन्छन्, ‘मन्त्री हेरफेरको कुरा मलाई नसोधिदिए हुन्थ्यो’



Spread the love

१ कात्तिक, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरका कुरा नसोध्न आग्रह गरेका छन्। मन्त्री हेरफेर गर्ने वा नगर्ने भन्ने प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा भएको प्रचण्डले बताएका छन् ।

‘मन्त्री हेरफेरको कुरा मलाई नसोधिदिए हुन्थ्यो,’ शुक्रबार सुदुरपश्चिम प्रदेशमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘म पार्टी अध्यक्ष हो, मन्त्री हेरफेर गर्ने नै भए त प्रधानमन्त्रीले सल्लाह त गर्नु नै हुन्छ। तर मिडियामा आएजस्तो यो मन्त्री जाने भयो रे यो आउने भयो रे भन्ने कुरा भएको छैन।

प्रतिक्रिया दिनुहोस्