Logo

कबाडी सामानबाटै घरलाई यसरी सजिलै आकर्षक बनाऊ!



Spread the love

जब हामी नयाँ घरमा प्रवेश गर्छौ तब हामीहरुमा नयाँ किसिमको छुट्टै उत्साह हुन्छ । यसो हुनु त मानिसको स्वभाव नै हुन्छ । हामीहरु नयाँ कुरा अपनाउनुपूर्व नयाँ खुशी र उत्साह सिर्जना हुन्छ नै । त्यही उत्साहको समयमा हामी पुराना सामानहरुलाई फ्याँकेर नयाँ सामान किन्ने गर्छौं । तर, त्यो उत्साहको समयमा हामीले धैर्यता भने गुमाउनु हुँदैन ।

धेरै जनाका लागि पुराना सामानको व्यवस्थापन टाउको दुखाइको विषय बन्न सक्छ। तर, व्यवस्थापन गर्न जानेको खण्डमा कुनैपनि सामानहरु बेकारका हुँदैनन् ।

यसरी पुराना समानहरुको पुन प्रयोग गरौँ:

सबैभन्दा पहिले काम नलाग्ने र सजावटमा काम लाग्ने किसिमका सामानहरु पहिचान गर्न सक्नुपर्छ ।

पुरानो ब्याग: पुरानो भइसकेको र काममा नआउने ब्यागलाई फ्याँक्ने होइन । नयाँ लुक्स दिएर आफ्नो मन पर्ने किसिमको फोटो लगाएर भित्तामा सजाउन सकिन्छ ।

काँचका बोतल: पुराना र फुटेका काँचका बोतल हामीहरु फाल्ने गर्छौं । यदि तपाईं चाहनुहुन्छ भने पुरानो भएको उन र फेबिकलको सहायताबाट हामीहरु यी बोतलहरुलाई नयाँ रुप दिनसक्छौं ।

पुरानो दराज: बेकार भएर एउटा कुनामा फालिएको फूलदानी र एण्टिक पिसेजहरुलाई सफा गरेर थोरै मात्रामा डेकोरेट गरेर हामी यसलाई सजाउन सक्छौं ।

पुरानो टायर: पुरानो भएर काम नलाग्ने टायरलाई नयाँ किसिमको एउटा रंग दिएर त्यसको बीचमा माटो हालेर पनि हामी नयाँ किसिमको सजावट गर्न सक्छौं ।

पुरानो बाक्सा: भलै कसैले पनि पुरानो बाक्साको पुनः प्रयोगमा ल्याउन सकिँदैन भने यसलाई नयाँ लुक्स लिएर हामी प्रयोगमा ल्याउन सक्छौं । पुरानो बक्सामा पेन्टिङ गरेर हामी त्यसलाई एउटा घरको कुनामा सजाउन भने अवस्य सक्छौं ।

प्रतिक्रिया दिनुहोस्