Logo

यस्ता छन् करेला खानुका फाइदा



Spread the love

तिते करेला एक किसिमको तरकारी हो l सब्जीको रूपमा प्रयोग गरिने करेला लहरामा फल्ने फल हो । जसको स्वाद तितो हुने गर्छ l यसको स्वाद तितो भएता पनि खनिज पदार्थ युक्त तथा औषधीय गुणले भरपूर हुन्छ । यसका साथै प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । जसले पाचन शक्ति मजबुत पार्ने भएकाले भोक पनि जगाउँछ । त्यसैले यसको सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक साबित हुन्छ l सो कारण आज हामी चर्चा गर्नेछौँ l यसको सेवन गर्दा स्वास्थ्यमा पुग्ने फाइदाबारे l जसलाई तल दिइएको छ l

  • यदि उच्च रक्तचाप भएका बिरामीहरूले बिहान तिते करेलाको जुस वा तरकारी खाने गरेमा उच्च रक्तचापमा कम हुँदै जान्छ । त्यसैले यसको सेवन गर्नु उचित रहन्छ l
  • के तपाईँ तपाईँ कमलपित्त जस्ता रोगको पीडित हुनुहुन्छ? यदि हुनुहुन्छ भने एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर बिहान/बेलुका खाने गरेमा दुई हप्तामै यस समस्याबाट छुटकारा मिल्दछ l
  • यदि तपाईँको पेटमा जुँगा परेको छ तीन दिनसम्म १/१ चम्चा करेलाको रस बिहान खाली पेटमा खाने गर्नुहोस् l जसले गर्दा तपाइको पेटबाट जुका नष्ट भएर जानेछ l
  • करेलाले रगत सफा पार्ने काम गर्छ । मधुमेहका रोगीलाई पनि यसले राम्रो गर्छ । मधुमेह छ भने एक चौथाई कप करेलाको रसमा त्यति नै मात्रामा गाजरको रस मिलाएर पिउँदा फाइदा मिल्छ ।
  • वर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि -दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
  • मुटु रोगमा पनि करेलाले फाइदा पुर्‍याउँछ । यसले मुटुको धमनीमा हानिकारक बोसो जम्न दिँदैन र रक्तसञ्चार सुचारु हुन्छ र हृदयाघातको सम्भावना कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्