Logo

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ



Spread the love

१ कार्तिक, नवलपरासी l नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले नेत्र विक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६ वर्षीय गोविन्द विक रहेका छन् l

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले बिहीबार राति पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ l

प्रतिक्रिया दिनुहोस्