Logo

राष्ट्रपति भण्डारी म्यानमारबाट जापान प्रस्थान



Spread the love

१ कार्तिक, काठमाडौँ l हालै म्यानमारमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी त्यतैबाट जापान जान लागेकी छन् l

जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् l

जापान भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्द र जापानका प्रधानमन्त्री शिन्जो अबेसँग पनि भेटवार्ता गर्नेछन् । उनी कात्तिक ६ गते नेपाल फर्कनेछिन् ।

प्रतिक्रिया दिनुहोस्