Logo

सरकारले दमनको नीति अपनाएको विप्लवको आरोप



Spread the love

१ कार्तिक, काठमाडौँ l नेकपा महासचिव नेत्र विक्रम चन्दले सरकारले दमनको नीति अपनाएको आरोप लगाएका छन् ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासचिव चन्दले दाङबाट २१ जना नेता-कार्यकर्ता पक्रेर सरकारले दमनको नीति अपनाएको आरोप लगाएका हुन् l

विज्ञप्तिमा भनिएको छ, “हामी बिचलित नभई अरू स्पातिलो बन्दै जानेछौँ । हाम्रो वैज्ञानिक समाजवादमा जाने यात्रालाई कसैले रोक्न सक्दैन । जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ l”

प्रहरीले बिहीबार विप्लवका दाजु चन्द्र बहादुरसहित २१ जना नेता-कार्यकर्तालाई दाङबाट पक्राउ गरेको थियो l

चन्दले आफ्ना नेता-कार्यकर्ता पक्राउको कडा प्रतिरोध गर्नेसमेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्