Logo

जान्नुहोस् सोयाविन खानुका फाइदाबारे



Spread the love

सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्त्व पाइन्छ । यसको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । यसमा कैयौँ प्रकारको रोग बढाउने तत्त्व हुनका साथै यसको सेवन गर्नु स्वास्थ्यको लागि पनि फाइदाजनक छ l त्यसैले आउनुहोस् चर्चा गरौँ, सोयाविनको सेवन गर्दा स्वास्थ्यमा हुने फाइदाबारे l

  • यसमा भरपुर क्यान्सर प्रतिरोधक क्षमता हुन्छ । यसको प्रयोगले स्तन र प्रोस्टेट क्यान्सरलाई धेरै हदसम्म रोक्ने काम गर्छ । त्यसैले यसको सेवन गर्नु उपयुक्त रहन्छ l
  • सोयाविनमा दुधमा अण्डा, मासु, माछामाभन्दा बढी प्रोटिन हुन्छ । जसको प्रयोगले दिमाग, मुटु, नङ, कपाललाई बलियो बनाउने काम गर्छ । त्यस कारण सोयाविनको सेवन गर्नु फाइदाजनक साबित हुन्छ l
  • सोयाविनमा भिटामिन बी कम्प्लेक्स र फलिक एसिड पाइन्छ l जसको सेवन गर्दा गर्भवती महिलाका साथै भ्रूणको मानसिक विकासमा समेत मद्दत पुर्‍याउने गर्छ ।
  • यदि तपाईँ तनावबाट छुटकारा पाउन चाहनुहुन्छ भने सोयाविनको प्रयोग गर्ने गर्नुहोस् l जसको सेवन गर्दा चिडचिडापन हट्नका साथ साथै मनलाई पनि शान्त बनाउँदछ ।
  • सोयाविन मधुमेह र मुटु सम्बन्धी रोगलाई रोकथामको लागि समेत फाइदाजनक हुने गर्दछ । यसमा रहेको असन्तृप्त चिल्लो पदार्थले खराब कोलेस्ट्रोलको स्तर कम गर्नमा मद्दत गर्नुका साथै यसबाट मुटु सम्बन्धी खतरा समेत कम हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्