Logo

यस्ता छन् ब्रेन ट्यूमरका लक्षण



Spread the love

मानिसहरूलाई कहिलेकहीँ टाउको दुख्छ भने त्यो सामान्य कुरा नै हो l त्यस अवस्थामा औषधी खाएमा टाउको दुखाई निको हुन्छ l तर अधिकांश जसो टाउको दुखिरहन्छ र औषधीले कुनै काम गर्दैन भने न त्यसलाई बेवास्ता गर्नु उचित हुँदैन l किनकि त्यसले कुनै समस्याको सङ्केत दिई रहेको हुन्छ l त्यसको सङ्केत हुन् सक्छ ब्रेन ट्युमर l त्यसैले आज हामी चर्चा गर्नेछौँ l ब्रेन ट्युमर हुँदा देखिने लक्षणको बारेमा l जसलाई तल उल्लिखित गरिएको छ l

  • यदि तपाईँलाई बिहान उठ्ने बित्तिकै सहनै नसक्ने गरी टाउको दुख्दछ भने थाहा पाउनुहोस् कि तपाईँ ब्रेन ट्युमरको सिकार हुँदै हुनुहुन्छ l किनकि यसको मुख्य लक्षण भनेकै टाउको दुख्नु हो l
  • ब्रेन ट्युमर भएमा अक्सर रिँगटा लाग्ने गर्छ । कहिलेकाहीँ धेरै रिँगटा लागेमा मानिस ढल्नेसमेत गर्छ । विशेष गरी ट्युमर सेरिबेलममा भएमा यसल शारीरिक सन्तुलनलाई प्रभावित पार्ने गर्छ, जसले गर्दा कयौंपटक हिँड्दा हिँड्दै शरीरको सन्तुलन बिग्रेर मानिस ढल्ने गर्छ ।
  • ब्रेन ट्यूमरका कारण दिमागका नसा कमजोर हुन थाल्छन् । जसले रक्तसञ्चार पनि सही तवरले हुन दिँदैन र मानिस छटपटाउन थाल्छ ।
  • ब्रेन ट्युमरका कारण जब कोशिकाले मस्तिष्कभित्र आफ्ना जालो बिछ्याउन थाल्छ वा फैलिन थाल्छ तब यसले वरिपरिका कोशिकालाई समेत प्रभावित पार्ने गर्छ । जसका कारण बिरामी बारम्बार मुर्छा पर्ने तथा बेहोश हुने गर्दछ ।
  • ब्रेन ट्यूमरका कारण व्यक्तिको दिमागले शरीरलाई नियन्त्रणमा राख्न सक्दैन । शरीरले काम गर्नै बन्द गरेको जस्तो उसलाई लाग्छ । दिमागको पेराइटल लोबमा ट्यूमर हुँदा यस्तो हुन्छ ।
  • मस्तिष्कले शरीरका हरेक अंगलाई नियन्त्रण गर्दछ । त्यसैले, ट्युमरको कोशिका जुनसुकै कोशिकाको सम्पर्कमा आए पनि त्यसले उक्त कोशिकालाई प्रभावित पार्ने गर्दछ । यसै गरी, जब यी कोशिका ट्यापोरल लोबमा प्रवेश गर्छन्, तब व्यक्तिलाई बोल्नमा समस्या हुन्छ ।
  • असहनीय पीडाका कारण मानिस झर्कोफर्को गर्ने र उदास रहने गर्न थाल्छ । कहिले त व्यक्तिको व्यवहारमा परिवर्तन आएर उसले कसैसँग कुराकानी गर्दैन ।

प्रतिक्रिया दिनुहोस्