Logo

विश्वविद्यालयमा अबदेखि राजनीतिक भागबन्डा हुँदैन : शिक्षामन्त्री पोखरेल



Spread the love

१ कार्तिक, काठमाडौँ l शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयमा अबदेखि राजनीतिक भागबन्डा नहुने बताएका छन् l

आज नेपाल पब्लिक क्याम्पस सङ्घको एघारौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् l

उनले भने, ‘”विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने गरी नेतृत्व प्रस्ताव गरिनेछ l २०६२/०६३ देखि भागबन्डाको आधारमा पदाधिकारी छनौट गर्ने चलन रह्यो । अब त्यो चलन अगाडि बढाउन सकिन्न ।”

मन्त्री पोखरेलले सामुदायिक क्याम्पसहरूले भोगेको समस्यालाई ध्यानमा राखी सरकारले आवश्यकता र औचित्यका आधारमा अनुदानमा वृद्धि गर्ने प्रतिबद्धता जनाउँदै सामुदायिक क्याम्पसहरूको संस्थापक पहिचान हुन नसक्नु, प्राध्यापक र कर्मचारीहरूको स्तर निर्धारण हुन नसक्नु र उच्च शिक्षामा महत्त्वपूर्ण स्थान ओगटे पनि समयानुकुल व्यवस्थापन हुन नसक्ने समस्या अझै रहेकाले ती समस्या समाधानका लागि सरकारले पब्लिक क्याम्पस संघसँग समन्वय गरी आवश्यक पहल गर्ने आश्वास पनि दिएका छन् l

प्रतिक्रिया दिनुहोस्