Logo

विप्लब समूहका चार कार्यकर्ता पक्राउ



Spread the love

१ कार्तिक, कास्की – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका कास्की जिल्ला सेक्रेटरीसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला अदालत पर्वतको आदेशमा जनही पाँच हजार धरौटीमा छुटेका नेकपा कास्की जिल्ला सेक्रेटरी रोल्पा गङ्गादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका ६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारीलाई पुनः पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका चारै जनालाई पर्वत जिल्ला अदालतले असोज २८ गते जनही पाँच हजार धरौटी बुझाउने गरी रिहा गर्न आदेश दिएको थियो । आदेश अनुरुप रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान गरिएको थियो । कात्तिक १ गते धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाएपछि प्रहरीले पुनः पक्राउ गरेको छ । उनीहरुलाई राज्य विरुद्धको कसुर गरेको आरोप लगाउँदै जेठ २५ गते संयुक्त बैठक बसिरहरेको बेला गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो ।

नियन्त्रणमा रहेका चारै जना प्रतिबन्धित नेकपाका कार्यकर्ताले बिना पक्राउ पुर्जी पटकपटक गिरफ्तार गरेको भन्दै विरोध गरेका थिए । गिरफ्तार चारै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्