Logo

सफल बन्दै मालिका माविको शैक्षिक महोत्सव, दिवाकालीन सत्रमा भन्दा रात्रीकालिन सत्रमा श्रद्धालुको घुइँचो



Spread the love

१ कार्तिक, गुल्मी – गुल्मिको मालिका गाउँपालिका वडा नम्बर ८ स्थित मालिका माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सव सफल बन्दै गएको छ । शुक्रबार पाँचौ दिनसम्म विभिन्न व्यक्ति तथा संघ सस्थाबाट ३१ लाख रकम जुटेको विद्यालय स्रोतले जानकारी दिएको छ ।

मालिका माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजन गरिको महायज्ञमा शुक्रबार पुर्ण बहादुर जिसि र मीन बहादुर जिसिबाट १ लाख २६ हजार ५ सय ५१ , बासुदेव घिमिरेबाट ५६ हजार ६ सय ६६ , होम बहादुर पौडेलबाट ५५ हजार पाँच सय ५५ सहयोग प्राप्त भएको सचिवालयले जानकारी दिएको छ । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले महायज्ञ निकै पवित्र कार्य रहेको बताउँदै मुसिकोट नगरपालिकाबाट ३५ हजार र आफ्नो व्यक्तिगत १५ हजार सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

असोज २७ गते देखि सुरु भएको शैक्षिक तथा धार्मिक महोत्सव दिन प्रतिदिन सफल र भव्य बन्दै गएको विद्यालय स्रोतले दाबी गरेको छ । दिनप्रतिदिन दानवीरहरुको संख्या बढदै गएको हुँदा महायज्ञको अन्तिमसम्म आँफुहरु लक्ष्यमा पुग्ने विद्यालयको विश्वास रहेको छ ।

यसो त शुक्रबार सल्लेरी खबरसँग विशेष कुराकानी गर्दै शैक्षिक अभियन्ता / संकल्पकर्ता ईश्वर शरण महाराजले पनि सुरुवाती केही दिनमा महायज्ञ मध्यम भएता पनि पछिल्लो समय भव्य बन्दै गएको हुँदा आँफुहरुले लिएको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे ।

रात्रीकालीन् सत्रमा श्रद्धालु भक्तजनको घुइँचो 

मालिका माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवमा रात्रीकालीन सत्रमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

रात्रिकालिन सत्रमा हुने भजन किर्तन , झाकी प्रदर्शन , प्रखर वाचक ऋषि पोख्रेलको मुखारविन्दबाट कथा वाचन हुने हुँदा श्रद्धालु भक्तजनको उत्साहजनक सहभागिता रहेको हो । विभिन्न काल खण्डमा भगवान विष्णु ,शिव, कृष्णले गरेका विभिन्न धार्मिक गतिविधिहरु झाँकीको माध्यमबाट देखाउने हुँदा निकै आनन्द लाग्ने भक्तजनले बताएका छन् ।

मालिका माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवबाट त्यस क्षेत्रका जनताले नैतिक तथा आचाराणन शिक्षा प्राप्त गर्ने विद्यालय स्रोतले विश्वास लिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्