Logo

राहुल गान्धी भन्छन्, ‘मोदीलाई अर्थशास्त्रको कत्ति पनि ज्ञान छैन’



Spread the love

२ कात्तिक, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अर्थशास्त्रको अलिकति पनि ज्ञान नभएको आरोप लगाएका छन् । उनले मोदीले अर्बपतिहरुलाई खुशी राख्ने काम मात्रै गर्ने गरेको आरोप लगाएका थिए ।

शुक्रबार हरियाणामा एक चुनावी सभालाई सम्बोधन गर्दै राहुलले यस्तो बताएका हुन् । राहुलले आरोप लगाए कि मोदी मानिसको ध्यान असल मुद्दाबाट हटाउने काम गर्छन् । शुक्रबार नै उता मोदीले हरियाणामा आयोजित र्यालीमा भाजपालाई भोट दिएर विकासको डबल इन्जिनलाई तागत दिन अपील समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्